टीकापुर बालक हत्या प्रकरणमा दिदीसहित दुई जना पक्राउ
कैलालीको टीकापुरमा साढे तीन वर्षीय नाबालकको हत्या दिदी नाता पर्नेले स्वीकार गरेकी छन् । प्रहरीले थप अनुसन्धान गर्दा दिदी नाता पर्नेले नै बालकलाई पारिवारिक रिसइवी डाहका कारणका मार्ने योजना भनाई जामुन खाने निहुँमा बालको हत्या गरेको प्रहरी समक्ष बयान दिएकाे प्रहरीले बताएकाे छ ।
दिदीले चाँदीको वाला निकालेमा कसैले सोही वालाको लागि हत्या गरेको हुन सक्ने आशंका सिर्जना हुन्छ भन्ने सोची वाला निकालेको, हत्या पछि आफू किताब लिनको लागि घरबाट उत्तरतर्फ गएको भम्र सिर्जना गर्न साथीको घरमा गई बिताब लगेको र वाला आफ्नो साथमा रहे थाहा हुन सक्ने भएकाले साथीलाई राख्न दिई घटना घठाए पछि साथीसंग बजार गई बालाहरु वेच्ने प्रयास समेत गरको खुल्न आएको कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय टीकापुरले पत्रकार सम्मेलन गर्दै हत्या आरोपमा दुई बालिकालाई पक्राउ गरिएको समेत जानकारी दिइएको हो। थप अनुसन्धानका लागि बालकलाई घरबाट लिएर जाने निजकी दिदी र लम्कि चुहाँ नगरपालिका ६ घर भई हाल टिकापुर १ बल्क जबमर ५ मा डेरा गरी बस्ने बाला बरामद भएकी १४ बर्षीय बालीकालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । तीन दिनसम्म बेपत्ता रहेका बालकको इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले खोजतलास गर्ने क्रममा टीकापुर नगरपालिका वडा नम्बर ४ बाघमाराको जमरा नदीमा शव फेला पारेको थियो।
उमेर कम भएका कारण दुवै बालिकाको नाम र तस्बीर सार्वजनिक गरिएको छैन् । घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी प्रमुख उपरीक्षक विश्व अधिकारी र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पुरुषत्तोम कँडेल टीकापुर पुगेका छन् ।