Dashain Suvakamana

घर-घरमा धारा, खेतबारीमा सिचाईँ पाेखरी बनेपछि कृषक हर्षित

धनबहादुर भण्डारी

डडेल्धुरा । घरघरमा खानेपानीका धारा र खेतबारीमा सिचाईँ पाेखरी बनेपछि स्थानीय हर्षित बनेका छन् । अजयमेरु गाउपालिका–१ मुद्राडमा बहुउपयोगी खानेपानी योजना मार्फत घरघरमा खानेपानीका साथै सिचाई गर्ने धारो निर्माण भएपछि स्थानीय हर्षित बनेका हुन  ।

करिव पाँच किलोमिटरको दुरीमा रहेको देउपुजनाको पानी मुहान बाट गाउमा पानि ल्याईएको हो । पानि पुग्दा मुद्राड गाउका चार सय बढि उपभोक्ता लावान्वित बनेका छन् । जनश्रमदान सहित करिव ८६ लाखमा सम्पन्न योजनाले गाउमा सिंचाईका साथै तरकारी खेती गर्न समेत पर्याप्त हुने सतपानी देउपुजना बहुउपयोगी योजनाका अध्यक्ष टेकबहादुर भण्डारीले बताए । गाउमा मात्रै खाने पानी योजना पुगेको छैन । घरघरमा धारा, च्यागं जुठ्यान समेत निर्माण गरिएका छन् । साथै पायक पर्ने गरि सिँचाई पोखरी निर्माण गरि खेतमा सिंचाइ धारो समेत जडान गरिएको उपभोक्ताहरुको भनाई रहेको छ ।

घरमा पुगेको पानी पिउनका साथै सरसफाई र गाई वस्तुका लागि हुन्छ भने खेतमा निर्माण गरिएका पोखरी र धाराले तरकारी लगाएत कृषि उपज उत्पादनमा टेवा पुग्दछ । च्यागं जुठ्यानले भान्सा सरसफाई राख्न र भाँडाकुडा सुरक्षित राख्न मद्धत पुग्ने प्राविधिकहरुको भनाई छ । योजनाको नाम नै बहुउपयोगी छ । यो योजनाको उद्देश्य अनुरुप कार्य गरे गाउनै समृद्ध बन्ने साझेदारी संस्था हर्मशका प्राविधिक हरि जोशीले बताए । मुद्राडमा ६८ धारा निर्माण भएका छन् । विभिन्न स्थानमा सिंचाई पोखरी र खेतमा समेत सिंचाई धारो राखिएको सतपानी देउपुजना बहुउपयोगी योजनाका सचिव प्रकाश पार्कीले बताए ।

यो योजना खानेपानीका लागि मात्रै नभई वेरोजगार यूवा तथा अन्य सर्वसाधारणलाई तरकारी तथा अन्य खेतीपाती गरि आयआर्जन मुलक कार्यक्रम सगं जोड्ने उद्देश्य समेत रहेको अजयमेरु गाउपालिका अध्यक्ष उमेश प्रशाद भट्टले बताए ।अजयमेरु गाउपालिका दुध र मासुमा आत्मनिर्भर बनेको जनाईएको छ । अवको वर्षमा तरकारीमा समेत आत्मनिर्भर बन्ने योजना बनाई रहेका वेला गाउगाउमा बनेका बहुउपयोगी खानेपानी योजनाले र घरघरमा निर्माण गरिएका धारा र खेतखेतमा पुगाईएको पानीले किसानलाई वेमौसमी तरकारी खेती र कृषि गर्नमा मद्धत पुगाउने छ ।

डडेल्धुराका अधिकांस स्थानिय तहमा एक घर एक धारो बहुउपयोगी योजना सम्पन्न भएका छन् । मानवअधिकार जनजागरण अभियान केन्द्र डडेल्धुराको समाजिक तथा प्राविधिक सहयोग र अजयमेरु गाउपालिका, नेपाल सरकार, ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाका साथै स्थानिय उपभोक्ताको जनश्रमदानमा उक्त योजना सम्पन्न भएका हुन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.