संविधान रक्षार्थ गरिएकाे हस्ताक्षर फिर्ता नलिने माधव पक्षको अडान

नेकपा एमालेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अदालतमा बुझाएको हस्ताक्षर फिर्ता लिन दिएको अल्टिमेटम सोमबार सकिँदै छ । तर, नेपाल पक्षका २३ सांसदको बैठकले सो हस्ताक्षर फिर्ता नलिने निर्णय गरेको छ ।

नेपाल पक्षले आयोजना गरेको जुम मिटिङमा उपस्थित २३ जना सांसद अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नलिन सहमत भएका हुन् । अध्यक्ष केपी शर्मा ओलीले अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नगरे पार्टी एकता अघि बढ्न नसकेको बताएका थिए ।

शुक्रबार बसेको नेकपा एमालेको बैठकले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन ३ दिनको अल्टिमेटम दिएको थियो । सो विषयमा छलफलका लागि नेपालले शनिबार आफू निकट २३ जना सांसदसँग भर्चुअल छलफल गरेका थिए ।

नेपाल पक्षले यस्तो निर्णय गरेपछि दुवै समूहका दोस्रो तहका नेताबीच ललितपुरमा छलफल भएको थियो । सो बैठकपछि नेता नेपाल र ओलीबीच टेलिफोन संवाद भएको छ। संवादका क्रममा नेपालले बैठक पर सार्न आग्रह गरेको, तर ओलीले नमानेको बुझिएको छ । संवादका क्रममा भएका अन्य कुरा भने बाहिर आएको छैन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.