सुदूरपश्चिम प्रहरीकाे कमाण्ड डीआईजी कडेंलले सम्हाले

धनगढी । सुदूरपश्चिम प्रदेशको प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुरुषोत्तम कंडेलले पाएका छन् ।प्रहरी प्रधानकार्यालय मानव स्रोत प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्सालबाट सरुवाभएर आएका कंडेलले बिहीबार धनगढी पुगेर कमाण्ड सम्हालेका हुन् ।

कडेंलले प्रदेशमा शान्ति सुरक्षा, अपराध नियन्त्रण, चोरी तस्करी नियन्त्रण, सीमा सुरक्षालगायतका विषयलाई प्राथमिकतामा राखेर प्रहरी ऐन बमोजिम काम गर्न आफू प्रतिबद्ध रहेको बताए । ‘प्रहरी संगठनभित्र छुट्टै र विशेष खालको काम गर्ने भन्ने कुरा हुँदैन्’ कंडेलले भने, ‘गृह मन्त्रालय र नेपाल प्रहरीको रणनीतिक योजनाहरु छ । सबैको परिपालन हुने गरी काम गर्ने हो ।’

सुदूरपश्चिमका तत्कालीन प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएको थियो । सुवेदीको सरुवापछि उनको ठाउँमा प्रहरी प्रधानकार्यालयले कंडेललाई खटाएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.