भारतीय आठ प्रान्तका २१ हजार १०९ डेल्टा संक्रमित गम्भीर अवस्थामा
एजेन्सी । भारतमा आठ राज्यमा डेल्टाको ५० प्रतिशतभन्दा बढी संक्रमित भेटिए छ । यो सँगै भारतमा कोरोना भाइरसको तेस्रो लहर सुरु भइसकेको आशंका गरिएको छ ।
१७४ जिल्लामा डेल्टा भेरियन्ट देखिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सबैभन्दा खतरनाक मानिएको डेल्टा प्लस भेरिएन्ट १२ राज्यमा देखिएको छ ।
राष्ट्रिय महामारी नियन्त्रण केन्द्रका निर्देशक डा।सुजीतकुमार सिंहले देशभर २१ हजार १०९ जनामा गम्भीर भेरिएन्ट देखिएको जनाएका छन् ।