Dashain Suvakamana

‘भेरोसेल’ को दोस्रो मात्रा असार २२ देखि दिइने

काठमाण्डौँ । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो मात्रा यही असार २२ गतेदेखि ज्येष्ठ नागरिकलाई लगाउने भएको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘भेरोसेल’ खोप पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई  दोस्रो मात्रा लगाइने जनाएको छ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर दीपेन्द्ररमण सिंहले शुक्रबार सूचना जारी गर्दै ‘भेरोसेल’ को पहिलो मात्रा लगाएका तीन लाख ७० हजार ज्येष्ठ नागरिकलाई  दोस्रो मात्रा खोप लगाइने जानकारी दिए।

गत जेठ २५ गतेदेखि २९ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहलाई खोपको पहिलो मात्रा लगाइएको थियो। यसअघि पहिलो मात्रा लगाएकालाई समेत दोस्रो मात्राको खोप दिइने छ।

खोप लगाउनका लागि पहिलो मात्रा लगाइएको कार्ड अनिवार्य देखाउनुपर्ने छ। नेपालमा अहिलेसम्म सात लाख ३१ हजार ६५३ जनाले दोस्रो  र २५ लाख १९६ जनाले पहिलो मात्राको खोप लगाइसकेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.