आज दिउँसाेसम्म कञ्चनपुरमा बजुली नहुने
धनगढी । कञ्चनपुरमा आज (शनिबार) विद्युत सेवा अनियमित हुने भएको छ। जिल्लाको लालपुरमा रहेका १३२/३३/११ सब स्टेसनको १३२ केभी ‘कन्ट्रोल प्यानेल’ परिर्वतन गनुपर्ने भएकाले शनिबार विहानैदेखि बजुली नहुने भएकाे हाे ।
नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले सुचना सार्वजनिक गर्दै बिहान ७ देखि दिउँसो २ बजेसम्म विद्युत सेवा अनियमित हुने जनाएको छ।
उक्त अवधिभर केन्द्र अन्तरगतका सम्पूर्ण ११ केभि फिडरका लाइनहरुमा विद्युत सेवा अवरुद्ध हुने बताइएको छ।