नेपाल लाइफ इन्स्योरेन्सले १० दिनमै दियाे काेराेनावाट मृत्यु विमितकाे रकम
धनगढी । विमा गर्ने इन्स्योरेन्स कम्पनीहरु एकपछि अर्काे बदनामित भैइरहेका बेला नेपाल लाइफ इन्स्योरेन्सले काेराेनावाट मृत्यु आफ्ना विमितकाे रकम १० दिनमै प्रदान गरेकाे छ । विहीवार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रतिनिधिद्वारा धनगढी चाैराहस्थित सरोज मेडिकल सञ्चालक सावित्री शाहुका श्रीमान कमल सिंह शाहुलाई बिमा बापत प्राप्त रकम रु. ४३,७७,०५५ प्रदान गरिएकाे हाे ।
वरिष्ठ अभिकर्ता मदन भट्टद्वारा गरिएको उक्त बिमा बापत प्राप्त रकम रु. ४३,७७,०५५ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका क्षेत्रीय प्रमुख शैलेशकुमार श्रेष्ठ, शाखा प्रमुख धिरेन्द्र डागी, शाखा समिती अध्यक्ष धर्मानन्द पन्त, वरिष्ठ एजेन्सी मीनबहादुर कुवरद्वारा कागजात पेस भएको १० दिनमैं घरमै गएर मृतक बिमितका श्रीमान कमल सिंह साहुलाई प्रदान गरिएकाे वरिष्ठ अभिकर्ता मदन भट्टले जानकारी दिएका छन् ।
बिमित सावित्री शाहुकाे बैशाख २८ गते कोरोना कारणले मृत्यु भएकाे थियाे ।