Dashain Suvakamana

गाउँपालिकाले सुत्केरीलाई ‘पोषण झोला’ दिएपछि स्थानीय मख्ख

डोटी । डोटीको पूर्वीचौकी गाउँपालिकाले त्यहाँका सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा सहितको कोसेली वितरण सुरु गरेको छ ।पालिकाले सुनौला हजार दिन अन्तर्गत सुत्केरी भएका विपन्न, दलित महिलाहरुलाई उपाध्यक्ष कोसेली कार्यक्रम अन्तर्गत ‘पोषण झोला’ वितरण गरेको हो ।

त्यहाँका निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरुले सुत्केरी महिलाका घर घरमा गएर कोसेली बाँडिरहेको गाउँपालिका उपाध्यक्ष निर्मला साउँदले बताइन् । उनले भनिन्, “गाउँमा सुत्केरी भएका हजार दिनका आमालाई हामीले घरैमै पुगेर पोषणयुक्त कोसेली वितरण गर्न थालेका छौँ ।”

सुत्केरी महिलाले पाेषणजन्य खानेकुरा खान नपाउँदा बच्चालाई कुपोषण हुने तथा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या आउने गरेका कारण यो कार्यक्रम लागू गरिएको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले बताए । यस कार्यक्रम अन्तर्गत पालिकाभरिमा रहेका ८४ जना सुत्केरी महिलालाई पोषण झोला वितरण गरिन लागिएको हो ।

पोषण झोलामा एक क्यारेट अण्डा, एक लिटर तोरीको तेल, एक किलाे चिनी, एक किलो चना, दुई प्याकेट चियापत्ती, एक प्याकेट आयोडिन नुनसहित फलफूल रहेको गाउँपालिकाले जनाएको छ ।स्थानीय सरकारले ‘पोषण झोला’सहितकाे सामाग्री दिएपछि स्थानीय महिला मात्रै नभई पुरुषसमेत मख्ख परेका छन् । रासस

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.