Dashain Suvakamana

अस्मिता मृत्यु प्रकरण:पोष्टमार्टम रिपोर्ट आयो, तीन तहकै प्रहरी अनुसंन्धानमा

डडेल्धुरा ।  डडेल्धुराको परशुराम नगरपालिका–८ की २६ वर्षीया अस्मिता धामीको शव परीक्षण भएको छ। असार ५ गते मृत अवस्थामा फेला परेकी धामीको शव तीन दिनपछि सोमबार जोगबुडा अस्पतालमा परीक्षण गरिएको हो ।

पोष्टमार्टम रिपोर्टबाट उनको हत्या गरिएको र बलात्कार भएको भन्नेबारे कुनै तथ्य फेला नपरेको एक प्रहरी अधिकारीले बताए। अब उनको भिसेरा परीक्षण गरिने जनाइएको छ । असार २ गते आधारभूत स्वास्थ्य ईकाइ केन्द्र जमरानीबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल पुर्‍याउन भनी निस्केकी अस्मिताको शव परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो।

उनको हत्या गरिएको र बलात्कार भएको भन्नेबारे कुनै तथ्य फेला नपरेको भएपनि शरिरमा निलडाम देखिएको, शव फेला परेको स्थानसम्म घिसारेको जस्तो र उक्त स्थानमा मदिराको खालि बोत्तल फेला परेकाले उनको विभत्स हत्या गरिएको स्थानीयले बताइरहेका छन्। यद्यपि प्रहरीले आफ्नो अनुसन्धान सकेको छैन।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुरा, संघीय प्रहरी इकाइ कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली खटाइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.