Dashain Suvakamana

डडेल्धुरामा महिला स्वास्थ्यकर्मी मृत फेला, हत्याकाे आशंका

जाेगबुढा । डडेल्धुरामा स्वास्थ्य केन्द्रमा कार्यरत एक महिलाको शव फेला परेको छ। जिल्लाको परशुराम नगरपालिका वडा नं ८ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यालय सहयोगीका रुपमा काम गर्दै आएकी गुप्तेगडाकि २४ बर्षिय अस्मीता धामीको शव फेला परेको हो।

धामी यहि असार २ गते कोरोनाभाईरस बिरुद्धको वडामा बाँकी रहेको खोप जोगबुडा अस्पताल फिर्ता पुर्याउन जाँदादेखि उनी सम्पर्कबिहीन भएकि थिइन्। खोजतलास गर्दै जाने क्रममा आज बिहान उनको हत्या गरेको अवस्थामा शव फो परेको वडा नं ८ का अध्यक्ष गोबिन्द बोहराले जानकारि दिए।

अस्मीतालाई डेबरीसम्म मानिसहरुले देखेको र हट्वानी जंगलमा सिकर्मीहरुले पनि उनलाई देखेको तर तत्पश्चात उनी वेपत्ता भएकि थिइन्।उनको मुखमा नीलडाम देखिएको र टाउकोमा पनि घाउ देखिएकाले हत्याको आशंका गरिएको वडाध्यक्ष बोहराले बताए। उनीमाथी ढुंगा प्रहार गरि हत्या गरेको हुनसक्ने बोहराले बताए।

अनुसन्धान जारी रहेकाे र शवकाे पाेस्टमार्टबाट थप विवरण थाह हुने जिल्ला प्रहरी कार्याल डडेल्धुराले जनाएकाे छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.