पहिरोमा परि डोटीमा दुई बालबालिकाको मृत्यु
दिपायल । डोटीमा पहिरोमा च्यापिएर दुई बालबालिकाको मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका वडा नं. ५ चिसापानी नजिकै ब्राखा चराउन गएको बेला ओडारमा बसेका दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका वडा नं. ५ का ७ बर्षिय बालक बिनोद भण्डारी र मामाघरमा गएकी वडा नं. ७ राँतुलीकी ऐश्वर्या बिष्टकी एघार बर्षिया छोरी जेनिषा विष्टको रहेको प्रहरी उपरिक्षक दान बहादुर मल्लले बताए । बाख्रा चराउन गएका उनिहरु पानी परेपछि ओत लाग्न ओडारमा बसेको बेला माथिबाट पहिरो खस्दा च्यापिएका थिए ।
च्यापिएको थाहा भएपछि नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानियले पहिरो पन्छ्याउदा उनिहरुको शव मृत फेला परेको हो । बुधबार मात्रै जिल्लाको केआई सिंह गाउपालिकाका ६५ वर्षीय पुरुषको पहिरोमा परि ज्यान गएको थियो ।