भेरोसेलकाे १० लाख डाेज खाेप दुई सातामा नेपाल ल्याइँदै

काठमाण्डाैं । नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीबाट उत्पादित ‘भेरोसेल’ खोप दुई साता भित्रमा १० लाख डोज खोप ल्याउने भएको छ । चीनले खोप खरिदका लागि नेपालसँग सैद्धान्तिक सहमति जनाएकाले ‘जुन’ महिना भित्रमा १० लाख डोज खोप ल्याइने सीसीएमसीका निर्देशक बालानन्द शर्माले इकागजलाई जानकारी दिए ।

चीनले यसअघि अनुदानस्वरुप १८ लाख खोप दिएको थियो । ‘कुल ४० लाख खोप खरिदका लागि सहमति भएको हो,’ शर्मा भन्छन,’ सातामा पाँच-पाँच लाख डोज  खोप ल्याउने भएको हो । अब आउने खोप बाँकी उमेर समूहका मानिसलाई लगाइन्छ ।’

अब थपिने लकडाउनको मोडालिटी परिवर्तन गरिने शर्माले सुनाए । अहिले खुलेका पसल  र क्षेत्रको समय बढाइने उनले बताए । संक्रमण दर, मत्युदर र नियन्त्रण दरको तथ्यांकलाई अवलोकन गरी निषेधाज्ञाको मोडालिटी परिवर्तन गरिने उनको भनाइ छ ।

सामाजिक दूरी र जनस्वास्थ्यको मापदण्ड पालना गराउँदै मानिसको जीवनयापन सहज वातावरण बनाइने उनले बताए ।

 

‘जी टु जी’ प्रक्रियाबाट खोप खरिद गरिने शर्माले जानकारी दिए । चीनले पूर्ण रूपमा खोप पठाउने सहमति भए पछि पैसा पठाइने र मूल्य सार्वजनिक गरिने उनको भनाइ छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.