Dashain Suvakamana

पहिरोमा पुरिएर डोटीमा एक जनाको मृत्यु, दुई घाईते

दिपायल । डोटीमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको केआईसिंह गाउँपालिका वडा नंं ३ बासुदेबी देउकाँडाका ६५ बर्षिय खडकबहादुर बमको पहिरोमा च्यापिएर मृत्यु भएको हो ।

बमको साथमा पानी फर्काउन गएकी दुई बालिका पनि घाईते भएकी छन् । घाईते हुनेहरुमा बासुदेबीको झिगावस्तीका १३ बर्षिय पुनी कुँवर र १६ बर्षिय पुजा कुँवर रहेका छन् ।

पुनीको हात भाँचिएको छ भने पुजाको टाउकोमा चोट लागेको छ ।खानेपानी अबरुद्ध भएपछी पानी बनाउन मुहानमा गएका बमको खिरणा खोलाको पहिरोमा परेर निधन भएको स्थानीय खगेन्द्र बडैलाले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.