Dashain Suvakamana

सुदूरपश्चिमका नदी खाेलामा रातो बत्ती ! बाढीबाट सतर्क रहन अनुरोध

धनगढी । मनसुन सुरु भएसँगै बाढी पहिरोका घटना बढ्न थालेका छन्। आइतबारदेखि परिरहेको अविरल वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा बाढी पहिरो आएको छ। अझै केही दिन ठूलो पानी पर्ने सम्भावना भएकाले बाढीको जोखिम अझै बढ्ने मौसम पुर्वानुमा महाशाखाले जनाएको छ।

लगातारकाे वर्षाले सुदूरपहाडका भीमदत्त, साँफे-मार्तडी, जयपृथ्वी राजमार्गमा पहिराे जाँदा छिनछिनमा अवरुद्ध हुने गरेका छनभने यहाँका साना ठूला नदी तथा खहरे खाेलामा पानीकाे सतह बढ्दै गएकाे छ । पहिरोको अति जोखिम रहेका नौ जिल्लामा यो प्रणाली विकास गरिएको पनि प्राधिकरणले जनाएको छ। डडेल्धुराको जोगबुढा क्षेत्रको वर्षामापनमा रातो बत्ती बलेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार डडेल्धुराको पुन्तुरा र जोगबुढाका वर्षामापन केन्द्रमा मंगलवार राति भारी वर्षामापन गरिएको हो ।

स्थानीय रंगुनखोला लगायत आसपासका साना खोलाहरूमा बाढी आउनसक्ने सम्भावना रहेको हुँदा बिहानसम्मै सतर्क रहन विभागले अनुरोध गरेको छ । विभागको सूचनामा उल्लेख छ, ‘असार ०२ गते बिहान १ः३० बजे, डडेल्धुरा जिल्लास्थित गाइवादे पुन्तुरा र जोगबुढा वर्षामापन केन्द्रहरूमा पछिल्लो ३ घण्टा भारी वर्षामापन भएकोले रंगुनखोला लगायत आसपासका साना खोलाहरूमा बाढी आउनसक्ने सम्भावना रहेको हुँदा बिहानसम्मै सतर्क रहनुहोला ।’

बाढी पहिरोबाट हुने जनधनको क्षति रोक्न पूर्व सूचना प्रणालीलाई व्यवस्थित गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार वर्षा र बाढीबारेको जानकारी थाहा पाउन ११५५ नम्बरमा फोन गर्न सकिन्छ। यस्तै ११४९ नम्बरमा फोन गरेर उद्धारको लागि सहायता माग्न सकिन्छ।यसरी पूर्वानुमान भएसँगै जोखिम क्षेत्रमा रहेका व्यक्तिलाई त्यहाँबाट अन्यत्र व्यवस्थापन गर्नेगरी तयारी गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.