Dashain Suvakamana

मेलम्ची र इन्द्रावतीले आसपासकाे बस्ती बगायो, ५० जना बेपत्ता

मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले ५० जनाभन्दा बढी बेपत्ता बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले जनाएका छन् ।सिन्धुपाल्चोकबाटै प्रतिनिधिसभामा निर्वाचित मन्त्री तामाङका अनुसार मेलम्ची खानेपानीको तिम्बुमा रहेको बाँध ध्वस्त भएको छ ।

गए राती करिब पौने २ बजेको समयमा चौताराबाट नवलपुर हुँदै सवारी बाट मेलम्ची जोड्ने पुल बाढीले भत्काएको हो । भिषण बाढी र पहिरोले आसपासका बस्तिहरु बगाएको छ । रातिको समय र विद्यूत सेवा पनि अवरुद्ध भएकाले क्षतिको आँकलन हुन सकेको छैन । यस्तै तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार बगरमा परिणत भएको उनले जनाएका छन् । बाढीले नाकोते, तिम्बु, फट्टे, मेलम्ची नवलपुर जोड्ने पुल तथा बाहुनेपाटीमा बन्दै गरेको मध्यपहाडी लोकमार्गको पुल एवं दोलालघाटसम्मका सम्पूर्ण पक्की पुल बगाएको उनले जनाएका छन् ।

मेलम्ची बाढीबाट बिस्थापित भएकाहरू अधिकांशले रात खुला आकाशमा बिताएका छन् । बाढीको जोखिम झनै बढेपछि सुरक्षित स्थान खोज्दै बिस्थापितले रात कटाएका छन् । अहिले उद्धारको काम भइरहेको जिल्ला प्रहरी कार्यालय जानकारी दिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.