सुदूपश्चिम बजेट: कोभिड नियन्त्रण तथा अस्पताल स्तरोन्नतिकोलागि साढे ४ अर्ब
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कोभिडलगायतका महामारी नियन्त्रण तथा अस्पतालकाे स्तराेन्नतीकाे लागि साढे ४ अर्ब विनियोजन गरेको छ ।
मंगलबार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले आगामी अर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।
उनका अनुसार आगामी आर्थिक वर्षलाई अस्पताल स्तरोन्नती तथा सेवा सुधार वर्षका रुपमा कार्यान्वयन गरिने छ । उक्त कार्यक्रमका लागि २ अर्ब ४२ करोड ५८ लाख विनियोजन गरिएको मन्त्री शाहले उल्लेख गरे ।