Dashain Suvakamana

भारतीय सीमामा तारबार गर्न एमाले सांसद तारा लामा तामाङ्गको माग

धनगढी । नेकपा एमालेका सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङले भारतसँग जोडिएका सीमा नाकामा तारबार गर्न माग गरेका छन् ।आइतबार प्रदेशसभामा नीति तथा कार्यक्रममाथि धारण राख्ने क्रममा सीमा नाकामा आइपर्ने समस्या सामाधान गर्ने विषय नसमेटिएको बताउँदै उनले तारबार लगाउनुपर्ने माग गरेका हुन् ।

‘कञ्चनपुर बेलौरीमा हुलाकी सडकको काम गर्दा भारतीय एसएसबी आएर धम्क्याउने गरेको छ । कैलाली कञ्चनपुरदेखि दार्चुलासम्म सीमा नाकामा समस्या नै समस्या छन्’ तामाङले भने, ‘सबै ठाउँमा नसके पनि सीमामा तारबार गर्नैपर्छ । राष्ट्रियतासँग जोडिएको विषयमा हामीले यो कदम चाल्नैपर्छ । नीति तथा कार्यक्रममा समेटिएको देखेन । सरकारको ध्यान जाओस् ।’

उनले भारतसँग जोडिएको सीमा नाकामा तारबार नगरेमा भविष्यमा ठूलो समस्या सिर्जना हुने समेत बताएका छन् । भारतमा रोजगारीका लागि जाने नेपालीहरुलाई पनि व्यवस्थित गर्नुपर्ने उनको माग छ । यस्तै संसद लामाले गरीब,विपन्न, लाेपाेन्मुख समुदायसँगै अपाङ्गता भएका व्यक्तिकाे जीवन निर्वाहकालागि सरकारले याेजना ल्याउनुपर्ने बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.