Dashain Suvakamana

सेती अस्पतालमा आज ११ जनामा कोरोना, मृत्यु शुन्य

धनगढी । शनिबार सेती प्रादेशिक अस्पतालमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ। पछिल्लो २४ घण्टामा अस्पतालमा २०३ जनाको नमुना परीक्षण गर्दा थप ११ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।

संक्रमण पुस्टि हुनेमा धनगढी उप महानगरपालिकाका ४ जना, कैलालीका ३ जना र अन्य जिल्लाका ४ जना रहेका उनले बताए। पछिल्लो २४ घण्टामा अस्पतालबाट ७ जना डिस्चार्ज भएका छन् भने थप ९ जना नयाँ संक्रमित भर्ना भएका छन्। हाल अस्पतालमा २१ जना संक्रमित उपचाररत छन्। ८ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा उपचाररत रहेको सूचना अधिकारी श्रेष्ठले बताए।

यस्तै पछिल्लो २४ घण्टामा अस्पतालमा ज्यान गुमाउने संक्रमितको संख्या भने शून्य छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.