साँफेबगर–बाजुरा सडक खण्ड अवरुद्ध गरिदा सयाैं यात्रु अलपत्र
अछामकाे साँफेबगर–बाजुरा सडक खण्डमा अवरुद्ध पारिएको छ। सडकले बस्ती जाेखिममा पारेकाे तर बचावट कतैवाट नभएकाे भन्दैसाँफेबगर नगरपालिका–३ सिद्धेश्वर देउझालामा पर्ने सडकमा स्थानीयले अवरुद्ध पारेका हुन्।
देउझाला क्षेत्रमा बुढिगंगा नदीँंगै जोडिएको सडकका कारण आफुहरुको बस्ती जोखिममा रहँदा समेत व्यवस्थानमा कुनै चासो नदिइएको भन्दै चक्काजाम गरिएको स्थानीयले बताएका छन्। बुढीगंगा नदिसंगै जोडिएको सडकमा नदीको कटानका कारण बस्ती नै जोखीममा रहेकाले आवश्यक व्यवस्थापनका लागि विभिन्न क्षेत्रलाइ ध्यानाकर्षण गरिएको स्थानीय मुकेश कुँवरले बताए।
तर पनि जोखिमबारे सरोकारवालाले कुनै सुनुवाइ नगरेपछि आफूहरुले बाध्य भएर चक्काजाम गरेको उनले बताए। यसरी शनिवार विहानैदेखि सडकका अवरुद्ध हुँदा दर्जनौ गाडीहरु अलपत्र परेका छन्।