Dashain Suvakamana

विश्वकप छनोट: आज अन्तिम खेलमा नेपाल र अष्ट्रेलिया भिड्दै

विश्वकप छनोट फुटबल अन्तरगर्त आज नेपालले अष्ट्रेलियासँग खेल्दैछ ।  विश्वकप तथा एसिया कप  छनोटको अन्तिम खेलमा नेपाल र अष्ट्रेलियाको खेल कुवेत सिटीमा राति पौने १० बजे  शुरु  हुनेछ ।

समूह ‘बी’ को एकमात्र अपराजित टोली अष्ट्रेलियाले पहिलो खेलमा नेपाललाई घरेलु मैदानमा ५–० ले हराएको थियो । पाँच पटक विश्वकप खेलिसकेको अष्ट्रेलिया र पहिलो पटक दोस्रो चरणको छनौटमा पुगेको नेपालबीचको खेल  रोमाञ्चक हुने अनुमान रहेको छ।

समूहमा ६ खेलबाट १८ अंकसहित अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ भने नेपाल ६ अंकसहित चौथो स्थानमा छ । पाँच टिम सहभागी समूहमा नेपालले पुछारको चाइनिज ताइपेईलाई दुवै खेलमा हराउँदा जोर्डन र कुवेतसँग दुवै खेल हारेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.