Dashain Suvakamana

सुदूरपश्चिमका ४२ हजार नागरिकलाई आजदेखि भेरोसेल खोप लगाइदै

धनगढी । सुदूरपश्चिम प्रदेशमा आजदेखि ४२ हजार नागरिकलाई कोरोना विरूद्धको भेरोसेल खोप लगाइने भएको छ। प्रदेशका ९ वटै जिल्लामा ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरस विरूद्धको खोप लगाइने भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिममा दुवै मात्राका लागि ८४ हजार डोज खोप पठाएको छ। जसमध्ये ४२ हजार नागरिकलाई भेरोसेल खोप लगाइने भएको हो। दुई चरणलाई पुग्ने गरी खाेप लगाउन थालिएकाे बताईएकाे छ ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका अनुसार पहिलो डोजका लागि कैलालीमा १३ हजार ६१०, कञ्चनपुरमा ७ हजार ५७०, अछाममा ४ हजार १०२, बैतडीमा ३ हजार ७८०, दार्चुलामा ३ हजार २४३, बझाङ्गमा ३ हजार १६८, डोटीमा ३ हजार २०, डडेल्धुरामा २ हजार २५८ र बाजुरामा भने दुवै डोजका लागि गरी ४ हजार ४४२ डोज खोप पुगिसकेको छ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त प्रमुख पदम विष्टले बाजुरामा पछि ढुवानी गर्न समस्या हुने भएकाले एकै चोटी पठाइएको बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.