Dashain Suvakamana

सुदूरपश्चिम प्रदेश सभामा प्रि बजेटमाथिको छलफल सुरू

धनगढी । सुदूरपश्चिम प्रदेश सभामा प्रि बजेटमाथिको छलफल सुरू भएकाे छ । प्रदेश सभाकाे जारी आठाैं अधिवेशानकाे तेस्राे बैठकमा  आर्थिक मामिला तथा याेजना मन्त्री प्रकाश वहादुर शाहले आगामी कार्यक्रमका सिद्धान्त र प्राथमिकता पेश गर्दै सुझाव माग गरेपछि आजैदखि छलफल सुरु गरिएकाे हाे ।

प्रदेश सभामा रहेका सबै दलसँग आबद्ध संसदहरुकाे राय सुझावमा आगामी आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने प्रतिबद्धता जनाउदै अर्थमन्त्री शाहले प्रदेशकाे स्राेत साधनले भ्यएसम्म भाैतिक पूर्वाधार निर्माणसँग सामाजिक विकासलाई अगाडी बढाउन सरकार तयार रहेकाे बताए ।

उनले भने- ‘जनस्वास्थ्य, शिक्षा, उत्पादन र स्वराेजगारीलाई प्रथमिकता दिने हिसावले गत वर्षदेखि रहेकाे कोभिडको महामारी व्यवस्थापनका लागि  नीति तथा कार्यक्रम र बजेट निर्माणको योजना बनाउने छु ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.