Dashain Suvakamana

ओलीकाे प्रस्तवपछि नेपाल समूहले डाक्यो स्थायी कमिटी बैठक

काठमाडौं । सत्तारुढ एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि राखेको प्रस्तावबारे छलफल गर्न माधवकुमार नेपाल समूहले स्थायी कमिटी बैठक डाकेको छ। नेपाल पक्षले ओलीको प्रस्तावमाथि छलफल गरी थप रणनीति तय गर्न सोमबार स्थायी कमिटी बैठक डाकेको एक नेताले जानकारी दिए।

ती नेताले स्थायी कमिटी बैठकपछि ओलीको प्रस्तावबारे सामूहिक धारणा आउने बताए।  ओलीले आइतबार एकताका लागि प्रस्ताव आह्वान गरेपछि नेपाल समूहका नेताबाट मिश्रित प्रतिक्रिया आएका छन्। नेता युवराज ज्ञवालीले ओलीको अपिलमा ०७५ जेठ २ मा फर्किन नखोजेको प्रस्ट रहेको प्रतिक्रिया दिएका छन् भने रामकुमारी झाँक्रीले ओलीको छलछामपूर्ण तिकडम मात्र भएको बताएकी छन्।

यस्तै एमाले नेता जगन्नाथ खतिवडाले एमाले एकता गर्ने भन्दै प्रधानमन्त्री केपी ओलीले अघि सारेको प्रस्ताव झुट र भ्रमको पुलिन्दा भएकाे बताएका छन् । तर योगेश भट्टराईले भने ओलीको प्रस्तावको स्वागत गरेका छन्। अध्यक्ष ओलीले पार्टी कमिटीलाई २०७५ जेठ २ कै अवस्थामा लैजाने लगायतका ६ बुँदे सर्त राखेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.