यूएमएनद्वारा डोटीमा कोभिड-१९ स्वास्थ्य सामाग्री सहयोग

डोटी । युएमएन नामक गैरसरकारी संस्थाले डोटीमा कोभिड स्वास्थ्य सामाग्री सहयोग गरेको छ । अपाङ्ग सेवा संघ डोटीसँगको समन्यमा जोरायल गाउँपालिकालाई आठ लाख ६२ हजार ९९ बराबरको र डोटी अस्पताललाई एक लाख १५ हजार बराबरको अक्सिजन कन्सट्रेटर सहयोग गरेको अपाङ्ग सेवा संघ डोटीका अध्यक्ष महादेव भारतीले जानकारी दिए ।

अहिले काभिड–१९ को महामारीले देशको आर्थिक, भौतिक, सामाजिक र स्वास्थ्य अवस्थामा निकै ठुलो असर पारिरहेकाले विषम परिस्थितिमा यस महामारीसँग जुध्न र रोकथाम गर्न फ्रन्टलाइनमा सेवा गर्ने स्वास्थ्य कर्मीको सुरक्षाको लागि उक्त स्वास्थ्य सामग्री वितरण वितरण गरिएको हो ।

सामाग्रीहरु अपाङ्ग सेवा संघ डोटीका अध्यक्ष महादेव भारतीले जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझालाई हस्तान्तरण गरेका थिए  । जोरायल गाउँपालिकामा सञ्चालित “समुदायमा आधारित पुर्नस्थापना” परियोजना अन्तर्गत उक्त सामग्री वितरण गरिएको उनकाे भनाईछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.