Dashain Suvakamana

नेपालकाे संविधान जलाउने नै पाँचाैं पटक मन्त्री बने

जनता समाजवादी पार्टीबाट हालै निष्कासित राजेन्द्र महतो पाँचौँपटक मन्त्री बनेका छन्। महतोले शुक्रबार मन्त्रीको शपथ खाएका हुन्। उनलाई उपप्रधान तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनी पहिलो पटक उपप्रधानमन्त्री बनेका हुन्।

नेपालकाे संविधान २०७२ लाई अस्वीकार गर्दै सार्वभाैंसत्ता नै विखण्डन गर्न उद्दत महताे संविधान जलाउदै कहिले भारतकाे विहार त कहिले दिल्ली पुग्ने गरेका थिए । उनले नेपालकाे नागरीकता लिंदा जालसाँची गरेकाे प्रश्न पनि बारम्वार उठ्ने गरेकाे भएपनि सत्ता टिकाउन जेपनि गर्न माहिर एवं दाेस्राे पटक प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन ताेकेका प्रधानमन्त्री ओलीले अश्वभाविकरुपमा मन्त्रीमंडल विस्तार गर्दै उनलाई उपप्रधानसहितकाे मन्त्री बनाएका छन् ।

२०४६ सालपछि राजनीतिमा जोडिएका महतो २०४८ सालको निर्वाचनपछि भने निरन्तर चुनावी प्रतिस्पर्धामा सामेल भएका छन्। तर २०५६, २०६४ र २०७४ सालको निर्वाचनमा मात्रै उनी विजयी भएका हुन्। अघिल्ला निर्वाचनमा सर्लाहीबाट उम्मेदवार हुने गरेका महतो २०७४ सालमा भने धनुषा पुगेका थिए।

यसैक्रममा उनी गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा – वाणिज्य तथा आपूर्तिमन्त्री, पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा – वाणिज्य तथा आपूर्ति, माधवकुमार नेपाल नेतृत्वको सरकारमा – वाणिज्य तथा आपूर्ति र डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा – स्वास्थ्य तथा जनसंख्या मन्त्री भैसकेका थिए ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.