Dashain Suvakamana

काेराेनाबाट एकै नगरका २ जना वडाध्यक्षकाे मृत्युले जनजीवन त्रसित

कोरोना भाइरसको संक्रमणबाट रौतहटमा दुई जना वडाध्यक्षको मृत्यु भएको छ । मृतक दुवै जना एकै नगरपालिकाका वडाध्यक्ष हुन्  ।

रौतहटको गरुडा नगरपालिका वडा–२ गेडहीका वड़ा अध्यक्ष विष्णु देव सहनीको बिहीबार राति उपचारको क्रममा मृत्यु भएको हो । उनलाई संक्रमण पुष्टि भएपछि विगत १ महिनादेखि काठमाडौंमा उपचाररत थिए ।

यसअघि पनि जेठ ३ गते गरुडा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राम ईश्वर राय यादवको मृत्यु भएको थियो । जान्ने सम्झाउने तथा उपचारमा पहुँच भएका यहाँ जनप्रतिनिधि नै काेराेनाकाे सिकार हुन थालेपछि जनजीवन थप त्रसित भएकाे बताइएकाे छ । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.