Dashain Suvakamana

नेपालले चाईनिज ताईपेईलाई २-० गाेलले हरायो

नेपालले चाईनिज ताईपेईलाई हराएको छ । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले बिहीबार राती ताईपेईमाथि २-० गोलको सहज जित निकालेको हो ।

कुवेत सिटीको जाबेर अल अहमद रंगशालामा नेपाललाई जिताउन अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । समूह बी मा दोस्रो जितपछि नेपालले ६ खेलबाट ६ अंक नै जोडेको छ । यसअघि पनि नेपालले चाइनिज ताइपेई विरुद्ध नै ३ अंक जोडेका थिए । 

नेपालले अब जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासंग खेल्नेछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.