अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने नियन्त्रणमा
बर्दियामा नदीजन्य पदार्थ अवैधरुपमा उत्खनन गरी ओसारपसार गरेको अभियोगमा जेसीबी, टिप्पर र ट्याक्टरलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ।
बारबर्दिया नगरपालिका–२ लठुवाघाटस्थित बबई नदीमा अवैध रुपमा उत्खनन् गरिरहेको अवस्थामा ३ वटा ट्रिप्पर, १ वटा जेसीबी र १ वटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।
राजस्व सङ्कलनमा वृद्धि बाँकेको नेपालगन्ज भन्सार कार्यालयमा राजस्व सङ्कलन गत वर्षको तुलनामा वृद्धि भई रु १७ अर्ब ८० करोड सङ्कलन भएको छ।
नेपालगन्ज भन्सार कार्यालयका बाँकेका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीका अनुसार यस आर्थिक वर्षमा सरकारले रु १८ अर्ब लक्ष्य तोकेको थियो । गत आर्थिक वर्षमा रु १५ अर्ब १८ करोड सङ्कलन भएको थियो।
नेपालको सबैभन्दा बढी राजस्व सङ्कलन हुने सिमा नाका नेपालगन्ज भन्सार कार्यालय बाँके हो। रासस