बाघको छालासहित अछाममा एक जना पक्राउ
धनगढी । अछाममा बाघको छालासहित एकजना पक्राउ परेका छन् । कमलबजार नगरपालिका–८, ढाकु बस्ने ५० वर्षीय विष्णुबहादुर विष्टलाई एकथान बाघको छालासहित प्रहरीले पक्राउ गरेको हो ।
काेराेना महामारीले एक महिनादेखि बन्दाबन्दीमा रहेकाे अछाममा बाघको छाला फेला परेसँगै बन्यजन्तु तस्करी बढेकाे देखाएकाे छ । इलाका प्रहरी कार्यालय कमलबजारबाट खटिएको प्रहरीले उक्त बाघको छालासहित फेला पारी उनलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान थालिएकाे जनाइएको छ ।