Dashain Suvakamana

लागुऔषधसहित एक युवा पक्राउ, भन्सार छलिका समान पनि बरामद

धनगढी । लागुऔषधसहित कञ्चनपुर प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ ।विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको टोलीले वेदकोट नगरपालिका-७ को लालपुरबाट लागुऔषध खैरो हिरोइनसहित सोही ठाउँका २५ वर्षीय प्रविन चौधरीलाई पक्राउ गरेको हो ।

mahotsab

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले चौधरीको साथबाट ०.२७ ग्राम खैरो हिरोइन बरामद गरिएको जानकारी दिए ।उनलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक थापाले बताए । उता सशस्त्र प्रहरीबल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोर्डर आउट पोष्ट पचुई, बयलबन्दा, दोधाराचाँदनी, झिलमिला र थापाचोकबाट खटी गएका पैदल सीमा गस्ति टोलिले भन्सार छली ल्याइएका सामान ४ लाख ६६ हजार १४० मुल्य बराबरको सामान बरामद गरेको छ ।

भन्सार छली ल्याइएका चिनी, किराना सामान, मल, बिउभिजन, मैदा प्लाष्टिक, खेत जोत्ने हैरो, माछा र मोटरसाइकलसहितको सामान बरामद गरिएकाे र बरामद गरिएको माछा पशु क्वारेन्टाईन कार्यालय बेलौरी र अन्य सामान आवश्यक कानुनी कारवाहीको लागि कञ्‍चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.