पूर्वमन्त्री बिना मगरद्धारा अक्सिजन आपुर्तीकालागि २० लाख प्रदान
बिकास सिंह महता
कञ्चनपुर । संघीय सरकारकाे पूर्व खानेपानी मन्त्री बिना मगरले कोरोना संक्रमण बढ्दै जाँदा भैरहेको अक्सिजनको अभाव पुर्ती गर्नका लागि २० लाख रकम प्रदान गरेकी छन् । मगरले स्थानीय पुर्बाधार विकास कार्यक्रम अन्तरगतको सांसद कोषको रकमलाइ रकमान्तर गरेर अक्सिजन आपुर्तीका लागि सहयोग गरेकी हुन् ।
उक्त रकम बेलौरी नगरपालिकामा निर्माण हुने अक्सिजन प्लान्ट निर्माण संगै सोही क्षेत्रमा आवश्यक अक्सिजन सिलिण्डर खरिदमा खर्च गरिने छ ।बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, लालझाडी गाउपालिका र बेलडाडी गाउपालिकाले बेलौरीमा अक्सिजन प्लान्ट निर्माण गर्ने निर्णय गरेका छन । चारवटा पालिकाहरुको यहि योजनामा पुर्ब मन्त्री मगरले सहयोग गर्ने भएकी हुन् ।
जिल्ला सदरमुकाम दक्षिणी भेगबाट टाढा पर्ने भएका कारण अक्सिजनको छिटो र सहज आपुर्तीका लागि प्लान्ट निर्माण गर्ने निर्णयमा पालिकाहरु पुगेका हुन ।कोरोना संक्रमणको महामारीका बेला जनताहरुलाइ अक्सिजनको अभाव नहोस भन्नका लागि अक्सिजन आपुर्तीका लागि सहयोग गरेको भन्दै पुर्ब मन्त्री मगरले आवश्यकताअनुरुप थप सहयोग गर्ने बताइन् ।
आफै कोरोना संक्रमणको चपेटामा परेका कारण समयमै रकम पठाउन नसकिएको भन्दै स्वास्थ्य संस्थाहरुमा हुने स्वास्थ्य सामग्रीहरुको आपुर्तीका लागि समेत आफु लागिपरेको उनले बताइन् । कोरोना संक्रमणको अवस्था कायमै रहेकोले यसबाट सचेत रहन समेत उनले स्थानिय बासिन्दाहरुमा अपील गरेकी छन् ।