शनिवार सुदूरपश्चिमका १ हजार ४५ जना काेराेना मुक्त, ४९० थप संक्रमित

धनगढी । केही दिनयता काेराेना जित्ने संक्रमितहरु दिन प्रतिदिन बढ्दै गएका छन् । सुदूरपश्चिम प्रदेशमा शनिबार १ हजार ४५ जना संक्रमित काेराेना मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ७ वटा प्रयोगशालामा १ हजार ५८ नमुना पीसीआर तथा ४ वटा सीमानाकामा ५४८ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्। यी दुवै विधिबाट गरिएको परिक्षणमा ४९० जनामा संक्रमण पुस्टि भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ५६२ जनाको नमूना परीक्षण गर्दा १९९ जना, महाकाली अस्पतालमा २६ नमूना परीक्षण गर्दा १९ जना, डडेल्धुरा अस्पतालमा १९५ नमूना परीक्षण गर्दा ५० जना, जिल्ला अस्पताल बैतडीमा ९७ नमूना परीक्षण गर्दा १७ जना, डोटी अस्पतालमा ५७ जनाको नमूना परीक्षण गर्दा १८ जना, बझाङ अस्पतालमा ८५ जनाको नमूना परीक्षण गर्दा ३१ जना र अछामको कमल बजार नगरपालिकाको प्रयोगशालामा ३६ जनाको नमूना परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुस्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

आज थप ७ जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा कैलालीका १ जना, कञ्चनपुरका ३ जना,  डोटी, अछाम र दार्चुलाका १\१ जना गरी ७ जनाको मृत्यु भएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.