सुदूरपश्चिमका अर्थमन्त्री शाहसहित २ पुर्वमन्त्रीहरु एमाले पार्टीवाट निष्कासित
धनगढी । नेकपा एमाले सुदूरपश्चिमले पार्टीको निर्णय उल्लंघन गरेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री सहित दुई पूर्व मन्त्रीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।
स्थायी कमिटी बैठकले दिएको निर्देशन अटेर गरेको र प्रदेश कमिटीले सोधेको स्पष्टीकरण समेत चित्तबुझ्दो नलिए पछि आर्थिक मामिला मन्त्री प्रकास शाह, समाजिक बिकास पूर्वमन्त्री कृष्णराज सुवेदी र उद्योग वन तथा वातावरण पूर्वमन्त्री माया भट्टलाई निष्कासन गरिएको प्रदेश अध्यक्ष कर्णबहादुर थापाले बताए ।
सुवेदी र भट्टले शुक्रवार नै मन्त्री पदबाट राजिनामा दिएका थिए ।