सरकार अध्यादेशमार्फत जेठ १५ गते भर्चुअल माध्यमबाट बजेट ल्याउने
सरकारले जेठ १५ गते भर्चुअल माध्यमबाट बजेट ल्याउने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट बजेट भाषण गर्ने भएका हुन्।अर्थमन्त्री पौडेलले शनिबार दिउँसो ४ बजे बजेट भाषण गर्ने कार्यक्रम तय भएको छ।
त्यसअघि उनले भोली अर्थात शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने भएका छन्।मन्त्री पौडेलले शुक्रबार दिउँसो २ बजे आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने कार्यतालिका तय भएको अर्थमन्त्रालयले जनाएको छ।नयाँ संविधान बनेपछि पहिलोपटक अध्यादेशमार्फत बजेट सार्वजनिक हुँदैछ।
प्रधानमन्त्री केपी शर्मा अोलीले प्रतिनिधिसभा विघटन गरेपछि अध्यादेशमार्फत बजेट आउन लागेको हो।कोरोना भाइरस संक्रमणका कारण अर्थतन्त्र धरासायी बनेपनि यो पटकको बजेट लोकप्रिय हुने आँकलन गरिएको छ।