Dashain Suvakamana

बुधवार सुदूरपश्चिमका ३६२ जनाले काेराेना परास्त गरे

धनगढी । सुदूरपश्चिम प्रदेशमा बुधबार ३६२ जनाले काेराेना परास्त गरेका छन् ।प्रदेश स्वास्थ्य निर्देशनालय डाेटीले पछिल्लो २४ घण्टामा ३६२ जना संक्रमित निको भएकाे जनाएकाे हाे ।

निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ६ वटा प्रयोगशालामा १ हजार २५९ नमुना  पीसीआर तथा ५ वटा सीमानाकामा २ हजार ५६३ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्।  यी दुवै विधिबाट गरिएको परिक्षणमा ४३७ जनामा संक्रमण पुस्टि भएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ९३८ जनाको नमूना परीक्षण गर्दा १३६ जना, महाकाली अस्पतालमा ४५ नमूना परीक्षण गर्दा ३४ जना, डडेल्धुरा अस्पतालमा ४२ नमूना परीक्षण गर्दा १५ जना, डोटी अस्पतालमा २२ नमूना परीक्षण गर्दा ९ जना, बझाङ्ग अस्पतालमा ११६ नमूना परीक्षण गर्दा ४५ जना र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ९६ जनाको नमूना परीक्षण गर्दा ७७ जनामा कोरोना संक्रमण पुस्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यस्तै बुधबार थप ५ जनाको मृत्यु भएको छ। कञ्चनपुरका १ जना, कैलाली र डडेल्धुराका २/२ जना गरि ५ जनाको मृत्यु भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।।  यस्तै पछिल्लो २४ घण्टामा ३६२ जना संक्रमित निको भएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.