Dashain Suvakamana

आज अछामका २ सय ७९ जनाले कोरोना जिते

मंगलसैन । अछाममा सोमबार एकै दिन २ सय ७९ जनाले कोरोना जितेका छन । दोस्रो लहरको कोरोनालाई जिल्लाका बिभिन्न स्थानीय तहका २सय ७९ जनाले सोमबार कोरोना जितेकाे स्वास्थ्य कार्यालय अछामले जानकारी दिएको छ ।

स्वास्थ्य कार्यालय अछामका अनुसार हिजो आईतबार मात्रै १ सय २३ जनाले कोरोना जितेका थिए । अछामका हालसम्म दोस्रो लहरको कोरोनाबाट १ हजार ८ सय जना संक्रमित भईसकेका छन ।

यस्तै १ हजार ४९ जनाले दोस्रो लहरको कोरोना जित्दा अझै ७ सय ३७ सकृय कोरोना संक्रमित रहेका छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.