Dashain Suvakamana

संसद धामीले पुराए चीनवाट आएकाे अक्सिजन आफ्नाे निर्वाचन क्षेत्रमा

बिकास सिंह महता

 कञ्चनपुर । दोस्रो लहरमा देखिएको कोरोना महामारीका कारण नागरिकले अक्सिजन नपाएर धमाधम अकालमै ज्यान गुमाईरहेका बेला कञ्चनपुरका सांसद नर बहादुर धामीको विषेश पहलमा हालै चिनबाट आएको अक्सिजन सहितका स्वास्थ्य सुरक्षा समाग्री वितरण गरिएका छन ।

निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद धामीले सिधै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग समन्वय गरेर कञ्चनपुरका लागि अक्सिजन सहितका स्वास्थ्य सुरक्षा समाग्री ल्याएका थिए । संसद धामीका स्वकीय सचिव अर्जुन भट्टले सांसद धामीकै विषेश पहलमा काठमाण्डौँबाट सिधै कञ्चनपुरका लागि चिनबाट ल्याईएको अक्सिजन सहितका स्वास्थ्य सुरक्षा समाग्री निर्वाचन क्षेत्रका तीन पालिका र बेलौरी नगरपालिकालाई दिएको बताए । स्वकीय सचिव भट्टका अनुसार निर्वाचन क्षेत्र नम्बर २का बेदकोट, शुक्लाँफाटा र कृष्णपुर नगरपालिकालाई ५\५थानका दरले अक्सिजन सहित स्वास्थ्य सुरक्षा समाग्री हस्तान्तरण गरिएको छ । संसदका स्वकीय सचिव भट्टले बेदकोटका मेयर अशोक कुमार चन्द, शुक्लाफाँटाका मेयर दिल बहादुर ऐर, कृष्णपुरका मेयर कर्ण हमाल र बेलौरीका मेयर पोतिलाल चौधरीलाई अक्सिजन सहितका स्वाथ्य सुरक्षा समाग्री हस्तान्तरण गरेका छन ।

स्वकीय सचिव भट्टका अनुसार २० थान अक्सिजन सिलिण्डर, २सय गाउन, २हजा।र एननाईटीफाईभ मास्क, ६० सेफ्टी चस्मा, ८थर्मामिटर, ५सय लिटर सेनिटाईजर, भिटिएम र डिस्पोजल सहितका स्वाथ्य सुरक्षा समाग्री हस्तान्तरण गरिएको हो । समान ग्रहण गर्दै निर्वाचन क्षेत्र नम्बर २का स्थानीय तह प्रमुख एव प्रतिनिधीहरुले अक्सिजनको चरम अभाव भईरहेका बेला संसद धामीकै एकल पहलमा भएको अक्सिजन सहितको स्वास्थ्य सुरक्षा समाग्रीबाट जनताको सुरक्षा हुने अपेक्षा राखेका छन ।

ससद धामीले कञ्चनपुर र निर्वाचन क्षेत्रका जनताको स्वाथ्य सुुरक्षाका लागि जस्तोसुकै परिस्थितिमा समेत पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।पहिलो लहरमा देखिएको कोरोना कहरका बेलामा समेत संसद धामीले निर्वाचन क्षेत्र र जिल्लाका जनताको स्वास्थ्य सुरक्षा एव खाद्यान्नमा सहयोग गरेका थिए ।

यतिमात्र नभई निर्वाचन क्षेत्रका तीनै पालिकामा एक एक करोडको कोरोना कोषदेखि राहत दिएका थिए । यस बर्षपनि संसद धामीले जसरी भएपनि क्षेत्रको जनताको स्वास्थ्य सुरक्षाप्रति गम्भिर भएर काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.