Dashain Suvakamana

लमजुङमा भूकम्प : दर्जनभन्‍दा बढी घर भत्किए, केही जना घाईते

लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।आज बिहान ५ बजेर ४२ मिनेट जादा ५ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पले हालसम्म दर्जनभन्‍दा बढी घरहरू भत्किएका छन् । भूकम्पले बेशिँसहर नगरपालिका-६ चनौटोको उमा गुरुङ घाइते भएकी छन् । उनलाई बेशिसहरको सामुदाहिक अस्पतालमा उपचारको लागि लगिएको छ ।स्थानीय पत्रकार नविन कुँइकेलका अनुसार मर्स्याङ्‌दीका पूराना घर र कटेरामा क्षति भएको छ । भूकम्‍पले सबै भागाभाग भएको उनले बताए ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का गोरखा, तनहुँ, धादिङ, काठमाडौं, कास्कीलगायत जिल्लासम्म महसुश गरिएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.