Dashain Suvakamana

पेट्रोल, डिजलको मूल्य फेरी बढ्यो, मुल्यवृद्धिको सर्वत्र विरोध

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्यवृद्धि गरेको छ । नेपाल आयल निगमले आइतवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टितेल तथा हवाई इन्धन (आन्तरिक उडान) को साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बढाइएको छ भने अब पेट्रोल १ सय २३,  डिजेल/मट्टितेल १ सय ६ र हवाई इन्धन ७८ प्रतिलिटर उपभोक्ताले तिर्नुपर्ने छ।

काेराेना महामारीका बेला सरकारले पेट्रोलियम पदार्थमा गरेकाे मुल्यवृद्धिको सर्वत्र विरोध हुँदैछ । ‘कोरोना महामारीको कहरले नागरिक मरिरहेको भयावह अवस्था छ भने जनजीवन अत्यन्तै कष्टकर बन्दै छ। रोजगार, आय-आम्दानी र अवसर गुमेको स्थितिले आफू र आफ्नालाई बचाउने कसरी भन्ने संकटपुर्ण अवस्थामा पनि अनेक बाहानामा सरकार जनताको ढाड सेक्न तल्लीन छ,’ नेवि संघका महामन्त्री बलदेव तिमल्सिनाले भने, ‘भ्रष्टाचारमा लिप्त सरकारले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ,उक्त निर्णयको नेपाल विद्यार्थी संघ घोर भर्सना गर्दछ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.