घरमा चट्याङ लाग्दा डोटीमा एक जनाको मृत्यु
धनगढी । डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
दिपायलसिलगढी नगरपालिका-५ गैरा बस्ने ५० वर्षीय पदमे मलासी आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लाग्दा सोमवार साँझ घटनास्थलमै मृत्यु भएको हाे ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।