खैरो हेरोइनसहित कञ्चनपुरबाट १ जना पक्राउ

धनगढी । कञ्चनपुरको भिमदत्त नगरपालिकाबाट प्रहरीले खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमदत्त नगरपालिका–१४ स्थित नयागाउँ घर भएका ३२ वर्षीय पदम बहादुर कठायत छन् ।

कठायतको साथबाट १ सय मिलिग्राम अवैध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।प्रहरी चौकी झोलुङ्गेबाट खटिएको टोलीले उनि सवार प्रदेश–०२–००३ प ६६२२ नम्बरको स्कुटर रोकेर जाँच गर्दा मोबाइलको कभरमा लुकाएर बोकेको अवस्थामा हेरोइन फेला परेको थियो ।

प्रहरीले उनलाई लागु औषध मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.