कोभिड विरामीलाई प्राथमिकता राखेर ग्यास वितरण गर्नुहोसः मन्त्री सुवेदी
धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले कोभिड-१९ का विरामीलाई प्राथमिकता राखेर ग्यास वितरण गर्न निर्देशन दिएका छन् । कैलालीको धनगढीस्थित मालिका अक्सिजन ग्यास उद्योगको अनुगमनका क्रममा मन्त्री सुवेदीले पुरा क्षमता अनुसार उत्पादन गर्न पनि निर्देशन दिए ।
उनले भने –‘उद्योग सञ्चालन गर्न कठिनाई भए हामीलाई भन्नुहोस । हामीले के सहयोग गर्नुपर्छ गर्छौ तर, अस्पताललाई आवश्यक ग्यास उपलब्ध गराउनुहोस ।’ मन्त्री सुवेदीले ग्यास सञ्चालनका लागि पेस्कि रकम, जनशक्तिको व्यवस्थापन, विधुतिय समस्या लगायतका समाधान गर्न मन्त्रालयले साथ दिने बताए ।उनले भने –‘सरकारि अस्पताल र कोभिड उपचार गर्ने अस्पताललाई पहिलो प्राथमिकतामा राखेर ग्यास वितरण गर्नुहोस ।’
अनुगमनमा मन्त्री सुवेदीसहित प्रदेशको सामाजिक विकास समिति सभापति कुन्ति जोशी, मन्त्रालयका प्रदेश सचिव रघुराम विस्ट लगायतको सहभागिता रहेको थियो ।