Dashain Suvakamana

वडासदस्यको पाेष्टमार्टम गर्न हिडेकाे जिप दुर्घटना, थप पाँचजनाको मृत्यु

बैतडी । बैतडीमा सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का सदस्य गोविन्द सिंह भण्डारीको शव पोष्टमार्टमका लागि ल्याउँदै गरेको से१ज १२३ नम्बरको बोलेरो जीप दुर्घटनामा परी जीप चालकसहित थप ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै जिप दुर्घटना भएको हो ।

जीप दुर्घटना हुँदा पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का ५० वर्षीय जीत सिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

सडकबाट जिप करिब ५०० मिटर तल खसेको स्थानीय भट्टले बताएका छन। गाडीमा १२ जना सवार रहेको अनुमान गरिएको छ । गाडी के कति कारणले दुर्घटना भयो भन्ने बारेमा खुल्न सकेको छैन। थप बिबरण आउन बाँकी रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.