Dashain Suvakamana

अधिकारविहीन खुला जेलबाट मुक्त भएँ, खुसी छु : अमिक शेरचन

गण्डकी प्रदेशका मुख्यमन्त्री अमिक शेरचनले पदमुक्त हुन पाउँदा आफूलाई खुसी लागेको बताएका छन् । अधिकारविहीन खुला जेलबाट मुक्त भएको उनले बताएका छन् ।

आज पोखरामा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘पदमुक्त भएकोमा अत्यन्त खुसी छ । मुरी–मुरी धन्यवाद छ राष्ट्रपति ज्यूलाई ।’

सरकारले माओवादी केन्द्रका नेता शेरचनलाई गण्डकी प्रदेशको प्रमुखबाट सोमबार हटाएको थियो । सो पदमा एमाले नेता सीता पौडेललाई नियुक्त गरिएको छ ।

आफू पदमुक्त भएको जानकारी मिडियामार्फत् पाएको बताउँदै उनले पदमा रहँदा कुनै असंवैधानिक काम नगरेको जिकीर गरे ।

प्रदेश प्रमुख भएर १८ महिना २ दिनसम्म काम गरेको जानकारी दिँदै शेरचनले यो अवधिमा सबैको सहयोग र सम्मान पाएको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.