Dashain Suvakamana

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत, अव के हाेला ?

धनगढी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदवाट राजीना दिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री पोखरेलले बुझाएको राजीनामा आजैका मितिमा स्वीकृत समेत गरेका छन्  । त्यस्तै अर्को सरकार गठन नभएसम्मका लागि तत्कालिन मन्त्रिपरिषद्लाई नै मन्त्रिपरिषदको कार्यभार सञ्चालन गर्न तोकिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निकट एवं विश्वासपात्र मानिएका मुख्यमन्त्री पोखरेलले आफूविरुद्ध प्रदेशसभामा ल्याइएको अविश्वास प्रस्तावमाथि छलफल हुने दिन पारेरै राजीनामा दिएका हुन् । नेपाली काँग्रेसका प्रमुख सचेतक फखरुदीन खान पनि मुख्यमन्त्री पोखरेलले सके एकल बहुमतको सरकार बनाउने, नसके प्रदेशलाई चुनावतिर लैजानका लागि नयाँ स्टेप चालेको हुन सक्ने बताउँछन् ।

‘संख्याको हिसाबले सत्तारुढ दलसँग बहुमत नै छ,’ उनले भने, ‘आफूसँग बहुमत रहेको अवस्थामा कसैले राजीनामा दिन्छ भने पक्कै केही न केही छ भनेर बुझ्नुपर्छ ।’ फ्लोर क्रस हुन सक्छ भनेर त्रसित भएर मुख्यमन्त्री पोखरेलले एकल बहुमतको सरकार गठन गर्ने र ३० दिनसम्ममा विश्वासको मत लिन सक्ने अवस्था नभए चुनावमा लैजाने गरी कदम चालेको हुन सक्ने उनको भनाइ छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.