कैलालीमा वैशाख ३० गतेसम्म निषेधाज्ञा लम्बियो

धनगढी । कैलालीमा एक साताको लागि गरिएको निषेधाज्ञा लम्बिएको छ । शनिवार बसेकाे जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले आगामी वैशाख ३० गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।

यस अघि कैलालीमा वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा गरिएका थियो ।जिल्लामा संक्रमणदर बढ्दै गएपछि वैशाख ३० गते सम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताए । उनका अनुसार संक्रमणको प्रभाव न्यून रहेका चुरे र मोहन्याल गाउँपालिका भने यो निर्णय लागु हुने छैन ।

वैशाख २० गतेदेखि ३० गतेसम्म बिहान ९बजेदेखि साढे ११ बजेसम्म एउटा बैङ्कको एउटा शाखा  मात्र खुला गर्ने गरी निर्णय भएको प्रजिअ रिजालले बताए ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.