गेटा मेडिकल कलेजमा आईसाेलेसन बनाउने प्रदेश सरकारकाे पहल हाे
धनगढी । काराेना संक्रमित बिरामीले अस्पतालका आईसाेलेसन भरिभराउ भएका बेला सुदूरपश्चिमकाे गेटामा निर्माणाधिन मेडिकल कलेजमा सङ्घीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको पहलमा कोरोना उपचार केन्द्र खेलिने समाचार विवादास्पद बनेकाे छ ।
कैलालीका सबैजसाे मिडियामा छाइरहेकाे उक्त पहलकाे समाचार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टकाे सचिवालयले काम नगर्ने तर जस लिने साईवरवाजी मात्रै भएकाे बताएकाे छ । मुख्यमन्त्री भट्टकाे सचिवालयका एक कर्मचारीले गेटा मेडिकल कलेजकाे एक भवनमा अस्थायीरुपमा आईसाेलेसन बेड राख्न र हाेडिङ सेन्टर स्थापना गर्न सघीय स्वास्थ्य तथा जनसंख्या र शिक्षा मन्त्रालयसँग अनुमति मागेकाे र ती मन्त्रालयले केन्द्रीय सिसिएमसी केन्द्रसँग समन्वय गर्न भनेपछि त्याहाँ पनि पत्र पठाएकाे बताए ।
संघीय उपप्रधानमन्त्री ईश्वर पाेखरेल संयाेजकत्व रहेकाे सिसिएमसी केन्द्रले कैलालीका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला कोभिड–१९ सकंट व्यवस्थापन केन्द्रसँग समन्वय गरेर चलाउन अनुमति दिइएकाे पत्र देखाउदै उनले अहिले फलानाे कुनै मन्त्रीकाे पहलमा भन्ने झुटाे भएकाे बताए ।
संघीय सरकारका यी मन्त्रालय तथा निकायवाट आएकाे स्वीकृतिपछि मुख्यमन्त्री त्रिलाेचन भट्टले केही दिनअघि प्रमुख जिल्ला अधिकारी र सामाजिक विकास मन्त्रीलाई सँगै लगेर गेटा मेडिकल कलेज निर्माण व्यबस्थापन समितिका पदाधिकारीसँग छलफल गरेकाे भन्दै ती कर्मचारीले अहिले तयारी स्वरुप खानेपानी, बिजुली र किचेन बनाउने कार्य सामािजक मन्त्रालयले अगाडी बढाईरहेकाे दावी गरे ।