Dashain Suvakamana

प्रदेश सरकारले खर्च बेहाेर्ने, नीजि अस्पतालले संक्रमितकाे उपचार गर्ने

धनगढी । प्रदेश सरकारले कोरोना संक्रमितहरुको उपचारमा लाग्ने सबै खर्च बेहाेर्ने भएपछि कैलालीका निजी अस्पतालहरुले कोरोना संक्रमितहरुको उपचारको लागि कोरोना वार्ड सञ्चालन गर्ने भएका छन्।

नीजि अस्पताल सञ्चालकहरुसँग दुईतीन दिनकाे छलफलवाट एउटा सहमति बनेकाे भन्दै सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले सरकारी अस्पतालमा हुँदै आएको सेवा सुविधा निजी अस्पतालबाट दिइने र सरकारले नै खर्च व्यहोर्ने जानकारी दिए। सामान्य प्रकृतिको छ, भने प्रति दिन प्रति विरामीको उपचार खर्च ३ हजार ५ सय रुपैँया हो’ उनले भने, ‘जटिल लक्षण भएका विरामीको हकमा ७ हजार र १५ हजार रुपैयाँ सरकारले उपलब्ध गराउनेछ।’

सहमतिसँगै प्रदेश सरकारको सहकार्यमा यहाँका निजी अस्पतालहरुले संक्रमितहरुको उपचारको लागि वार्ड सञ्चालन गर्न लागेका हुन्। निजी अस्पताल संघ सुदूरपश्चिम प्रदेश(अफिन) अध्यक्ष जनकराज जोशीले प्रत्येक निजी अस्पतालहरुले ५ देखि १० बेडसम्मको वार्ड सञ्चालन हुने बताए।

जसअनुसार अत्तरियाको पद्मा अस्पताल र धनगढीको नवजीवन अस्पतालले १०/१० बेड उपलब्ध गराउने भएका छन्। त्यस्तै धनगढीको कैलाली अस्पताल, माया मेट्रो अस्पताल, निर्सग अस्पताल, सीपी अस्पताल, नोभा अस्पताल, सारथी अस्पताल, केजी अस्पताल र कैलालीको ओम आशा अस्पतालले ५/५ बेड उपलब्ध गराउने भएको छन्।ती अस्पतालले शुक्रबारबाटै सेवा सुरु गर्ने अध्यक्ष जोशीले जानकारी दिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.