सांसद नै ‘बेपत्ता’ भएपछि गण्डकी प्रदेश सभा बैठक स्थगित

सांसद नै बेपत्ता भएपछि गण्डकी प्रदेश सभा बैठक स्थगित भएको छ। बुधबार गण्डकी प्रदेश सभाको बैठकमा अनुपस्थित सांसदको अवस्था सार्वजनिक भए पनि ‘सांसद हराएको’ भन्दै बैठक अनिश्चिनकालका लागि स्थगित गरिएको हो।

राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्मर्कविहीन भएका थिए। त्यस्तै स्वतन्त्र सांसद राजीव गुरुङ(दीपक मनाङ्गे) पनि फोन अफ गरी बसेका छन्।

सभामुख नेत्रनाथ अधिकारीले राजमो संसदीय दलले सांसद सम्पर्कविहीन भएको भनी पत्र दिएको भन्दै उक्त विषय सम्बोधन नगरी बैठक बस्नु उपयुक्त नहुने भन्दै अनिश्चितकालका लागि बैठक स्थगित गरेका हुन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.